काठमाडौं । सेयर बजारमामा लगातार चौथो दिन गिरावट आएको छ । गत मंगलबारदेखि लगातार ओरालो लागेको नेप्से आज पनि दोहोरो अंकले घटेको हो । ४ दिनमा नेप्से ४२ अंकले घटेको छ ।
सोमबार नेप्से परिसूचक १७.०१ अंकले घटेर २०३१.५५ बिन्दुमा आइपुगेको छ । यसदिन ३०४ कम्पनीको २ अर्ब ४८ करोड रुपैयाँ बढीको ७० लाख ६१ हजार १२ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ४ समूहकाे परिसूचक बढेको छ भने ९ को घटेको छ । उत्पादनमूलक समूहको परिसूचक सर्वाधिक २.१९ प्रतिशतले बढेको छ भने माइक्रोफाइनान्स २.२५ प्रतिशतले घटेको छ ।
आज गोर्खा फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै २९ करोड रुपैयाँ बराबरको ३ लाख ४३ हजार ४८५ कित्ता सेयर किनबेच भएको छ ।
घट्दो बजारमा पनि आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बोटलर्स नेपाल बालाजु र सर्वोत्तम सिमेन्टको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
आज किसान लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरका सेयरधनीले भने सर्वाधिक १० प्रतिशत गुमाएका छन् ।