नेपालको लेखा प्रणाली उत्कृष्ट छ : विश्व बैंक उपाध्यक्ष

काठमाडौं । विश्व बैंकले नेपालको लेखा प्रणाली धेरै उत्कृष्ट रहेको बताएको छ । विश्व बैंककी उपाध्यक्ष एवं फाइनान्स र अकाउण्ट हेर्ने निर्देशक पामेला ओ कोनेलले सोमबार अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा नेपालको लेखा प्रणाली विश्वसनीय र व्यवस्थित रहेको बताइन् ।

‘मैले केही दिनअघि महालेखा परीक्षकको कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयको भ्रमण गरेकी थिएँ,’ उनले भनिन्, ‘नेपालको लेखा प्रणाली धेरै विश्वसनीय र उत्कृष्ट रहेको पाएँ ।’

लेखा प्रणालीमा अपनाइएको पेपरलेस पद्धतिले सुशासनका लागि प्रभावकारी काम गर्ने उनको भनाइ थियो । जवाफमा मन्त्री पुनले १२ वर्षअघि आफू पहिलोपटक अर्थमन्त्री भएका बेला राजश्व र लेखामा कम्प्युटरमा हिसाब राख्ने प्रविधि लागू गरेको स्मरण गर्दै परिवर्तित सन्दर्भमा थप प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाउने गरी सुधार गर्ने उल्लेख गरे ।

मन्त्री पुनले नेपालको खर्च गर्ने क्षमता बढाउनुपर्ने आवश्यकता रहेको भन्दै त्यसका लागि जनशक्ति विकाससहित कार्यशैली सुधारका काम गर्ने कार्ययोजना मन्त्रालयले बनाएको जानकारी दिए । विकास आयोजनाका काम अघि बढाउने सिलसिलामा आउने समस्या समाधानका लागि अन्तर मन्त्रालय समन्वयका काममा पनि वर्तमान सरकार बनेयता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष ध्यान दिँदै आएको उनको भनाइ थियो ।

३२ देश जोड्ने एसियाली राजमार्गकाे झापाखण्डमा काम सुरू Read Previous

३२ देश जोड्ने एसियाली राजमार्गकाे झापाखण्डमा काम सुरू

सहुलियत दरमा ऋण दिन एसियाली पूर्वाधार बैंकलाई प्रधानमन्त्रीको आग्रह Read Next

सहुलियत दरमा ऋण दिन एसियाली पूर्वाधार बैंकलाई प्रधानमन्त्रीको आग्रह