काठमाडौं । नेपाल एसबीआई बैंक न्यूरोड शाखाद्धारा विश्व वित्तीय सप्ताह-२०२४ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले शुक्रबार डीएभी हायर सेकेन्डरी स्कुलमा ललितपुरमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
उज्जवल भविष्यको लागि आर्थिक ज्ञान र सीपद्वारा आगामी पुस्तालाई सशक्त बनाउने उद्देश्यका साथ कार्यक्रम गरिएको बैंकले जनाएको छ । उक्त कार्यक्रममा २०० भन्दा बढी विद्यार्थीहरूको सक्रिय सहभागीता रहेको थियो ।
कार्यक्रममा नेपाल एसबीआई बैंक न्यूरोड शाखाका प्रबन्धक तेजबहादुर थापाले विद्यार्थीलाई प्रशिक्षण दिएका थिए ।
हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो बाह्रौँं संस्करण हो । नेपाल राष्ट्र बैंकको संयोजनमा सन् २०१३ देखि नेपालमा ग्लोबल मनी विक मनाउँदै आइएको छ ।
हालसम्म विश्वका १७६ भन्दा बढी मुलकका करिब छ करोड बालबालिका, किशोरकिशोरी र युवाहरू लाभान्वित भएको जनाएको छ ।