काठमाडौं । सिंगटी हाइड्रोपावरले आजदेखि ४६ लाख बढी कित्ता सेयर लिलामीमा ल्याएको छ ।
कम्पनीले फागुन २ गतेदेखि २२ गतेसम्म चुक्ता पूँजीको १०० प्रतिशत अर्थात् १ करोड ४५ लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । सोमध्ये अवितरित ४६ लाख ११ हजार ५३१ कित्ता कित्ता सेयर आजदेखि लिलामीमा ल्याएको हो ।
कम्पनीको लिलामी सेयरमा चैत २० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त हकप्रदमा इच्छुक व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरूले आवेदन दिन सक्नेछन् ।
कम्पनीले लिलामी सेयरको भाउ न्यूनतम १०० रुपैयाँ तोकेको छ । लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या मूल्य तोकी बोलपत्र पेश गर्नुपर्नेछ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।