हिमाल आरोहणको सिजन सुरू भएसँगै मन्थली-लुक्ला दैनिक उडान सुरू

मन्थली । पदयात्रा र हिमाल आरोहणको मौसम सुरु भएसँगै रामेछापको मन्थली विमानस्थलबाट लुक्लाका लागि दैनिक उडान सुरु भएको छ । तारा, समिट र सीता एयरले आइतबारदेखि सोलुखुम्बुको लुक्लासम्म नियमित उडान भर्न थालेपछि पर्यटकका लागि सहज हुने ठानिएको छ ।

पर्यटकीय मौसमको बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यस्त हुने भएकाले ट्राफिक जाम नहोस् भनी एयरलाइन्सहरुले पर्यटकलाई मन्थलीसम्म गाडीमा ल्याएर लुक्लाको लागि उडान भर्ने गरेका छन् ।

पदयात्रा र आरोहणका लागि वर्षको दुई पटक पर्यटक यहाँ आउने गर्छन् । यसअघि असोजको पहिलो सातादेखि मङ्सिरको पहिलो सातासम्म खुम्बुक्षेत्र घुम्न जाने पर्यटक धेरै हुने गर्दथे । यसवर्ष चैतदेखि जेठभित्र घुम्न आउने पर्यटकको सङ्ख्या धेरै भएको तारा एयरका रामेछाप इन्चार्ज प्रवीण सुवेदीले बताए । शुक्रबारदेखि उडान सुरु गरे पनि मौसमले साथ नदिएको उनको भनाइ छ ।

मौसम खुलेसँगै नियमित उडान सुरु गरिएको नागरिक उड्ययन प्राधिकरण रामेछापकी निमित्त कार्यालय प्रमुख पूजा थापाले बताइन्। मन्थलीमा हवाई इन्धनसहितको व्यवस्था गरिएको छ ।

हाइड्रो र बीमा कम्पनीमा हकप्रदको बाढी, डेढदर्जन पाइपलाइनमा, कुनले कति ल्याउँदै ? Read Previous

हाइड्रो र बीमा कम्पनीमा हकप्रदको बाढी, डेढदर्जन पाइपलाइनमा, कुनले कति ल्याउँदै ?

आगामी वर्ष भित्रै किमाथाङ्कामा सडक पुग्ने, बजेट अभाव नहुने Read Next

आगामी वर्ष भित्रै किमाथाङ्कामा सडक पुग्ने, बजेट अभाव नहुने