सुक्खा फोहोर बिक्री गर्दै काठमाडौं महानगर, प्रस्ताव आह्वान

काठमाडौं । काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सुक्खा फोहोर बिक्री गरी आय सङ्कलनका लागि प्रस्ताव आह्वान गरेको छ ।

वातावरण व्यवस्थापन विभागले आज एक सूचना जारी गरी आन्तरिक राजस्व कार्यालयमा भ्याट दर्ता भएका व्यक्ति, कम्पनी वा फर्महरुले ३० दिनभित्र सुक्खा फोहोर खरिदका लागि आज प्रस्ताव पेस गर्न आह्वान गरेको हो ।

सुक्खा फोहोर खरिदका लागि प्राप्त प्रस्तावहरु आगामी वैशाख १० गते दिउँसो २ बजे कार्यालयको वातावरण व्यवस्थापन विभागमा कर्मचारी एवं उपलब्ध प्रस्ताव दाताहरुको रोहवरमा खोलिने जनाएको छ ।

महानगरले विभिन्न वडाबाट टेकु ट्रान्सफर स्टेसनमा दैनिक रुपमा सङ्कलन हुने सुक्खा फोहोर बिक्रीका लागि प्रस्ताव आह्वान गरिएको उक्त सूचनामा उल्लेख गरिएको छ । यसैगरी उक्त विषयमा थप जानकारी काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागबाट लिन सकिने सूचनामा उल्लेख गरिएको छ ।

प्लाष्टिक, कपडालगायतका २९ वटा सामग्रीहरुलाई सुक्खा फोहोर भन्ने गरिएको विभागका प्रमुख नविनमान श्रेष्ठले बताए । उनले भने, ‘नेपालमै यो सुक्खा फोहोर बिक्री गरी आय सङ्कलनका लागि प्रस्ताव आह्वान गरिएको पहिलो पटक भएकाले यो सुरुवाती हो, कति आम्दानी हुन्छ अहिले जानकरी भएन । आम्दानीअनुसार उक्त रकम वातावरणको क्षेत्रमा लगानी गरिने छ ।’

काठमाडौँमा प्रतिदिन ७०० टन फोहोर सङ्कलन हुने गरेको र टेकुमा मात्रै प्रतिदिन २०० टन फोहोर आइरहेकाले कति टन सुक्खा फोहर जम्मा हुन्छ त्यो विषयमा अहिले नै भन्न सकिने अवस्थामा नरहेको श्रेष्ठले बताए ।

अर्थमन्त्री र विश्व बैंकका उपाध्यक्ष बीच छलफल, माथिल्लो अरुण र दूधकोशी जलाशययुक्त अघि बढाइने Read Previous

अर्थमन्त्री र विश्व बैंकका उपाध्यक्ष बीच छलफल, माथिल्लो अरुण र दूधकोशी जलाशययुक्त अघि बढाइने

सुन काण्डमा पक्राउ परेका पूर्व सभामुख महरा हाजिरी जमानीमा रिहा Read Next

सुन काण्डमा पक्राउ परेका पूर्व सभामुख महरा हाजिरी जमानीमा रिहा