काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा हाजिर जमानीमा छुटेका छन्।
शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान सकिएसँगै महरालाई हाजिरी जमानीमा छाडिएको हो ।
शुक्रबार दिउँसो महरालाई जेठा छोरा निर्मलको जमानीमा रिहा गरिएको हो । विभिन्न रोगको औषधी सेवन गरिरहेका महराको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै रिहा गर्ने आदेश दिइएको जनाइएको छ ।
सुन तस्करी काण्डमा संलग्न रहेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले उनलाई चैत ५ गते कविलवस्तुबाट पक्राउ गरेको थियो ।