अब नेपाल प्रहरी र सशस्त्र प्रहरीको पेट्रोल पम्प २४सै घण्टा खुला

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोल पम्प अब २४ सै घण्टा खुला हुने भएका छन् ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि दुवै निकायले आफूले संचालन गरेका पेट्रोल पम्प २४ सै घण्टा खुला हुने व्यवस्था मिलाएका हुन् ।

यससँगै बिहीबारदेखि नै दुवै निकायका पेट्रोल पम्प २४ सै घण्टा खुला हुन थालेका छन् । गृहमन्त्रीको सचिवालयका अनुसार नेपाल प्रहरीकाे प्रधान कार्यालय नक्साल, सशस्त्र प्रहरीको हल्चोक र पोखराको पेट्रोल पम्प २४ सै घण्टा खुला हुनेछ ।

यसअघि प्रहरीद्वारा सञ्चालित पेट्राेलपम्पहरू बिहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालित हुँदै आएका थिए ।

जापान एयरलाइन्सले ४२ वटा जहाज किन्ने, एयरबसका ३२ वटा Read Previous

जापान एयरलाइन्सले ४२ वटा जहाज किन्ने, एयरबसका ३२ वटा

नेप्से परिसूचक २०५० बिन्दु तल झर्‍यो, यी ३ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Next

नेप्से परिसूचक २०५० बिन्दु तल झर्‍यो, यी ३ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट