रिडी पावरको हकप्रद भर्ने आज अन्तिम दिन, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ?

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडलेको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन १८ गतेदेखि बिक्रीमा ल्याएको ५० प्रतिशत अर्थात् २:१ अनुपातमा हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँ बराबरको ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको छ ।

लगानीकर्ताले कम्पनीको हकप्रद सेयर बिक्री बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसैगरी, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरोसेयरबाट अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीले हकप्रद सेयर प्रयोजनार्थ माघ २२ गते बुकक्लोज गरेको थियो। सो अनुसार माघ २१ गतेसम्म कायम सेयरधनीहरुले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस इस्यूअर’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

हाल १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि २ अर्ब ३२ करोड ३३ लाख ५१ हजार ८०० रुपैयाँ पुग्नेछ।

कम्पनीले हकप्रद सेयर बिक्रीबाट प्राप्त रकम तल्लो बलेफी जलविद्युत आयोजनाको आवश्यक स्वपूँजी रुपमा लगानी गर्नेछ।

दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

धरान-इटहरी चार लेनको सडक कालोपत्र थालियो Read Next

धरान-इटहरी चार लेनको सडक कालोपत्र थालियो