पर्यटक बढाउन पोखराका होटेलमा २० प्रतिशत छुट अफर

गण्डकी । होटल सङ्घ पोखरा नेपालले यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म आयोजना गर्ने १९औँ फेवा नव वर्ष महोत्सवका अवसरमा २० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

महोत्सवका अवसरमा सङ्घ अन्तर्गतका होटलले आफ्नो प्रकाशित दररेटमा पाहुनालाई २० प्रतिशतसम्म छुट दिने गरी तयारी गरेको सङ्घका अध्यक्ष एवं मूल संयोजक सुवेदीले जानकारी दिए।

महोत्सवको तयारीका लागि विभिन्न २१ वटा उपसमिति गठन गरिएको उनले बताए । उपसमितिका साथै लेकसाइडका सडक नम्बर अनुसार एरिया संयोजकसमेत तोकिएको छ ।

सङ्घका उपाध्यक्ष दीपक श्रेष्ठ र गणेशराज पहारीलाई महोत्सवमा सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ । महोत्सव प्रचारप्रसारको मुख्य जिम्मेवारी सङ्घका महासचिव राजेन्द्र ढकाललाई दिइएको छ । पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिनुलाई सकारात्मक रुपमा लिएको सङ्घले जनाएको छ ।

नेपाली कला र मौलिक संस्कृतिको संरक्षण गर्दै नेपाली नयाँ वर्षलाई उल्लासपूर्ण रुपमा मनाउने उद्देश्यसहित पोखराको फिस्टेल गेटदेखि हल्लनचोकसम्म महोत्सव गर्न लागिएको हो । पर्यटन, संस्कृति र खानालाई महोत्सवमा मुख्य जोड दिइने छ ।

अर्थमन्त्री र चिनियाँ राजदूत बीच भेटवार्ता, रेलमार्ग र चक्रपथ निर्माण अघि बढाउने प्रतिबद्धता Read Previous

अर्थमन्त्री र चिनियाँ राजदूत बीच भेटवार्ता, रेलमार्ग र चक्रपथ निर्माण अघि बढाउने प्रतिबद्धता

सेयर बजार सुधार्ने सत्ता गठबन्धनको संकल्प, यस्ता छन् साझा कार्यक्रम (पूर्णपाठ) Read Next

सेयर बजार सुधार्ने सत्ता गठबन्धनको संकल्प, यस्ता छन् साझा कार्यक्रम (पूर्णपाठ)