नेप्सेमा सामान्य अंकको गिरावट, यी ३ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । गत बुधबारदेखि लगातार ४० अंकले घटेर सोमबार ३ अंकले बढेको नेप्सेमा फेरि आज गिरावट आएको हो ।

आज सूचकमा गिरावट आए पनि कारोबार रकममा भने वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार ७५ करोडले बढेर ३ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ ।

मंगलबार नेप्से परिसूचक ६.२४ अंकले घटेर २०६७.२९ बिन्दुमा आइपुगेको छ । यसदिन ३०७ कम्पनीको ९४ लाख ७८ हजार ९३३ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये १० समूहको परिसूचक घटेको छ भने ३ को बढेको छ । फाइनान्स र माइक्रोफाइनान्स समूहको परिसूचक २ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको २५ करोड ९७ लाख रुपैयाँ बढिको ४ लाख ६२ हजार १४९ कित्ता सेयर किनबेच भएको छ ।

घट्दो बजारमा पनि आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सर्वोत्तम सिमेन्ट, बुद्धभूमि नेपाल हाइड्रोपावर र धौलागिरि लघुवित्तका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौला Read Previous

अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौला

पहिलो दिनमा कतिले बेचे सर्वोत्तम सिमेन्टको आइपीओ ? Read Next

पहिलो दिनमा कतिले बेचे सर्वोत्तम सिमेन्टको आइपीओ ?