पहिलो दिनमा कतिले बेचे सर्वोत्तम सिमेन्टको आइपीओ ?

काठमाडौं । दोस्रो बजारमा कारोबारमा आएको पहिलो दिनमा सर्वोत्तम सिमेन्टको झन्डै साढे २ हजार कित्ता सेयर किनबेच भएको छ ।

मंगलबारदेखि कारोबारमा आएको सर्वोत्तमको आज २ हजार ४४२ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार कम्पनीको कुल १३३ पटकको कारोबारमा १४ लाख ७९ हजार ४८८ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

कारोबारमा आएको पहिलो दिनमै कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागको छ । प्रतिकित्ता ५५६ रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ६११.६० रुपैयाँ पुगेको छ । सर्वोत्तम कारोबारमा आएको पहिलो दिनमै सबैभन्दा महँगो सेयर मूल्य हुने सिमेन्ट कम्पनी समेत बनेको छ ।

प्रायजसोः नेप्सेमा सूचीकृत भएका कम्पनीको सेयर मूल्यमा सुरुआती केही दिन लगातार बढ्ने गरेको देखिन्छ । आपूर्ति कम हूँदा सर्वोत्तमको मूल्य पनि केही दिन सर्किट लाग्ने आशमा लगानीकर्ताले आज बिक्री नगरेका हुन् ।

नेप्सेमा कम्पनीको कुल ४ करोड ६५ लाख कित्ता सेयर सूचीकृत छ । जसमा सर्वसाधरणको हिस्सा ६० लाख कित्ता मात्र छ । बुक बिल्डिङबाट आइपीओ जारी गरेको कम्पनीको सेयर साढे ५५ हजार जनाले मात्रै पाएका छन् ।

नेप्सेमा सामान्य अंकको गिरावट, यी ३ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Previous

नेप्सेमा सामान्य अंकको गिरावट, यी ३ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

अर्थमन्त्री र चिनियाँ राजदूत बीच भेटवार्ता, रेलमार्ग र चक्रपथ निर्माण अघि बढाउने प्रतिबद्धता Read Next

अर्थमन्त्री र चिनियाँ राजदूत बीच भेटवार्ता, रेलमार्ग र चक्रपथ निर्माण अघि बढाउने प्रतिबद्धता