अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौला

काठमाडौं । सरकारले कोषहरि निरौलालाई अध्यागमन विभागको महानिर्देशक बनाएकाे छ । गृह मन्त्रालयले मंगलबार गृहका सहसचिव रहेका निरौलालाई अध्यागमन विभागमा महानिर्देशकमा सरुवा गरेको हो ।

विभाग १ महिनादेखि नेतृत्वविहीन थियो । तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध फागुन ६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेपछि उनी विभागको जिम्मेवारीबाट हटेका थिए ।

महानिर्देशक नहुँदा अध्यागमन सम्बद्ध विभिन्न सेवाहरु प्रभावित हुँदै आएका छन् ।

यसैगरी, सरकारले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयको प्रमुखमा नरबहादुर थापालाई पठाएको छ । हालका प्रमुख गोगनबहादुर हमाललाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाएर उनको ठाउँमा थापालाई पठाइएको छ ।

त्यसैगरी गृह मन्त्रालयले ११ वटा जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ ।

अडानी समूहले कूल लगानीको ७०% हरित ऊर्जामा लगानी गर्ने, १ खर्ब डलर लगानीको योजना Read Previous

अडानी समूहले कूल लगानीको ७०% हरित ऊर्जामा लगानी गर्ने, १ खर्ब डलर लगानीको योजना

नेप्सेमा सामान्य अंकको गिरावट, यी ३ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Next

नेप्सेमा सामान्य अंकको गिरावट, यी ३ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट