एक सातापछि खुल्यो कर्णाली पुल

कैलाली । आगलागीका कारण गत सोमबारदेखि बन्द भएको कर्णालीको पुुल आजदेखि खुलेको छ । आगलागीबाट भएको क्षतिको परीक्षणपछि पुल आजदेखि खुलेको हो ।

नेपालगञ्जस्थित सडक डिभिजन कार्यालय इन्जिनियर निरज शाक्यले पुलको अवस्था बारे स्थलगत अध्ययन गरेपछि संचालनको अनुमति दिइएको बताए ।

‘पुलको अवस्थाका बारेमा हामीले स्थलगत परीक्षणपछि विज्ञसँग छलफल गर्दा त्यसबाट आवागमन गर्न कुनै समस्या नहुने भएकाले आजदेखि यातायातका साधन सञ्चालनको अनुमति दिएका छौँ,’ उनले भने ।

गत सोमबार पुलमा आगो लागेको थियो । पुलमा गुडीरहेको ट्रकमा लागेको आगो पुलका १४ वटा सहारा लट्ठामा लाग्दा केही क्षति भएको थियो । विज्ञ टोलीले पुलको स्थलगत निरीक्षण गरेको थियो ।

सुन काण्डमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ Read Previous

सुन काण्डमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

सहकारीको ऋण समयमै नतिर्नेलाई कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी Read Next

सहकारीको ऋण समयमै नतिर्नेलाई कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी