काठमाडौं । सुन तस्करी काण्डमा पूर्व सभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । प्रहरीले अनुसन्धानका लागि उनलाई कपिलवस्तुको पकडीबाट नियन्त्रणमा लिएको हो ।
सरकारले गठन गरेको सुन तस्करीको जाँचबुझ गर्न गठित आयोगले सन तस्करी काण्डामा महरालाई कारबाही गर्न सिफारिस गरेको थियो ।
लगत्तै सरकारले उक्त आयोगको प्रतिवेदन कार्यन्वयन गर्ने निर्णय गरेको थियो भने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोपीहरूलाई काराबाही गर्न निर्देशन दिएका थिए ।
गत साउन २ गते ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो र २०७९ पुसमा विद्युतीय चुरोट (भेप)मा ल्याइएको ९ किलो सुन तस्करीमा पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, छोरा राहुल, पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन र परराष्ट्रविज्ञ जीवन गुरुङसहित मुछिएका थिए ।
यही प्रकरणमा यसअघि राहुल, दीपेश र जीव पक्राउ परिसकेका छन् ।