नेपाल औषधि लिमिटेडद्धारा थप तीन औषधि उत्पादन सुरू

काठमाडौं । नेपाल औषधि लिमिटेडले आजदेखि थप तीन प्रकारका औषधि उत्पादन सुरू गरेको छ । लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले आजदेखि सेन्ट्रिमाइन, एमजीट र एमजिट-डीएफ नामका औषधि उत्पादन सुरू गरेको जानकारी दिए ।

तीनै वटा औषधि ट्याबेलटमा छन् । एउटा औषधि दैनिक डेढलाख ट्याबलेट उत्पादन गर्ने उनको भनाइ छ । यसअघि लिमिटेडले जीवनजल, सिटामोल, फोलिक एसिड, हेमाडायलासिसका दुई प्रकार (झोल र प्याकेटमा), ग्लिसिरिन, डिस्ट्रिल वाटर र स्यानिटाइजर लगायत उत्पादन गरिरहेको थियो ।

‘सरकारले आर्थिक सहयोग गरेको खण्डमा हामी थप अरू औषधि पनि उत्पादन गर्न सक्छौँ,’ उनले भने । महाप्रबन्धक पनेरुले सरकारले २० प्रकारका औषधि उत्पादनका लागि रु २४ करोड बजेट विनियोजन गर्ने भने पनि सो बजेट प्राप्त नहुँदा औषधि उत्पादनमा समस्या भएको बताए ।

विस २०२९ मा स्थापना भएको लिमिटेडले कुनै समय १२० प्रकारका औषधि उत्पादन गर्दथ्यो । तर २०६२ सालमा उत्पादन बन्द भएपछि २०७४ सालमा पुनः सिटामोल उत्पादन गरी लिमिटेड सञ्चालनमा ल्याइएको हो । हाल आजदेखि सुरु तीन प्रकारकासहित लिमिटेडबाट उत्पादन हुने औषधिको सङ्ख्या ११ पुगेको छ ।

पोखरालाई नेपालकाे पर्यटकीय राजधानी घोषणा Read Previous

पोखरालाई नेपालकाे पर्यटकीय राजधानी घोषणा

नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, सिमेन्टको सेयरमा उच्च आकर्षण Read Next

नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, सिमेन्टको सेयरमा उच्च आकर्षण