काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ र डिजेल/मट्टिलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ घटाएको छ ।
निगमले पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १६८.५० रुपैयाँ, दोस्रो वर्गका लागि १७० रुपैयाँ र तेस्रो वर्गका लागि १७१ रुपैयाँ तोकेको छ ।
यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १५५.५० रुपैयाँ, दोस्रो वर्गका लागि १५७ रुपैयाँ र तेस्रो वर्गका लागि १५८ रुपैयाँ कायम भएको छ।
पहिलो वर्गअन्तर्गत चारआली, विराटगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल रहेका छन् ।
इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट शुक्रबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर क्रमशः १.२२ रुपैयाँ र २.०६ रुपैयाँले घटेर आएको निगमले जनाएको छ ।