१४ किलो सुन प्रकरण : कलेज संचालक गुरुङविरुद्ध मुद्दा दर्ता, १.४० अर्ब बिगो दाबी

काठमाडौं । काठमाडौंको डिल्लीबजारस्थित प्लाटिनम कलेजका संचालक जीवन गुरुङ विरुद्ध मुद्दा दर्ता भएको छ ।

पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनका सल्लाहकार समेत रहेका गुरूङ १४ किलो सुन तस्करी प्रकरणमा संलग्न भएको भन्दै शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले काठमाडौं जिल्ल अदालतमा मुद्दा दायर गरेको हो ।

उनीविरुद्ध १ अर्ब ४० करोड ५५ लाख रुपैयाँ बिगो दाबी गरिएको छ । साथै, ५ वर्ष कैद सजाय समेत माग गरिएको छ ।

गुरुङकै संलग्नतामा गत मंसिर २१ गते यूएईको दुबइबाट अवैध रुपमा ल्याइएको १४ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको थियो । साेही प्रकरणामा मीन घले विमानस्थलमै पक्राउ परेका थिए ।

घले र गुरुङ बीच सुन तस्करीका बारेमा पटक पटक कुरा भएको प्रमाण भेटिएपछि मुद्दा दर्ता गरिएको भन्सार कार्यालयले जनाएको छ ।

घले पक्राउ परे पनि गुरुङ फरार रहेका थिए । उनलाई गुरुङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले फागुन १४ गते पक्राउ गरेको थियो ।

यसअघि सोही प्रकरणमा पुस १७ गते १० जना विरुद्ध मुद्दा दर्ता भएको थियो । उनीहरु विरुद्ध १ अर्ब ४० करोड रुपैयाँ बिगो दाबी गरिएको छ ।

 

स्थानीय जनप्रतिनिधिसँग प्रधानमन्त्रीले भने,-'बुढीगण्डकी अघि बढाउन हरसम्भव प्रयास गरिरहेको छु' Read Previous

स्थानीय जनप्रतिनिधिसँग प्रधानमन्त्रीले भने,-'बुढीगण्डकी अघि बढाउन हरसम्भव प्रयास गरिरहेको छु'

सरकार र लघुवित्त पीडित बीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता Read Next

सरकार र लघुवित्त पीडित बीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता