सिंगटी हाइड्रोपावरको ४६ लाख कित्ता सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । सिंगटी हाइड्रोपावरले ४६ लाख बढी कित्ता सेयर लिलामीमा ल्याउने भएको छ ।

कम्पनीले फागुन २ गतेदेखि २२ गतेसम्म चुक्ता पूँजीको १०० प्रतिशत अर्थात् १ करोड ४५ लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । सोमध्ये अवितरित ४६ लाख ११ हजार ५३१ कित्ता कित्ता सेयर लिलामीमार्फत बेच्न लागेको हो ।

कम्पनीको लिलामी सेयरमा चैत १२ गतेदेखि २० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त हकप्रदमा इच्छुक व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

कम्पनीले लिलामी सेयरको भाउ न्यूनतम १०० रुपैयाँ तोकेको छ । लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या मूल्य तोकी बोलपत्र पेश गर्नुपर्नेछ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

ठाउँको प्राचीन नाम प्रचलनमा ल्याउँदै काठमाडौं महानगर, धमाधम अभिलेखन गर्दै Read Previous

ठाउँको प्राचीन नाम प्रचलनमा ल्याउँदै काठमाडौं महानगर, धमाधम अभिलेखन गर्दै

धनगढी उपमहानगर भित्रका सडक स्तरोन्नतिको काम अन्तिम चरणमा Read Next

धनगढी उपमहानगर भित्रका सडक स्तरोन्नतिको काम अन्तिम चरणमा