सिटिजन्स बैंकद्वारा कर्मचारीलाई सम्मान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल बैंकमा लामो समयदेखि काम गरिरहेका कर्मचारीहरूलाई सम्मान गरेको हो । बैंकले विगत १५ वर्षदेखि निरन्तर काम गर्दै आएका कर्मचारीहरूलाई दीर्घ सेवा सम्मान गरेको हो ।

बैंकले हरेक वर्ष चैत १ गते कर्मचारीको दिन (इम्पोइ डे’को रुपमा मनाउँदै आएको छ । बैंकले सत्रौँ वर्ष पूरा गरी अठारौँ वर्षमा प्रवेश गर्न थालेको सुखद उपलक्ष्यमा एक महिने वार्षिक उत्सव सम्बन्धी कार्यक्रमहरू आयोजना गरिरहेको छ ।

वैशाख ७ गते बैंकको वार्षिक उत्सवको दिन हो । बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बैंकमा अविरल १० वर्ष सेवा प्रवाह गरेका ४५ जना र १५ वर्ष सेवा प्रवाह गरेका १५ जना गरि जम्मा ६० जना कर्मचारीलाई सम्मान गरेका हुन् ।

१० वर्ष सेवा गरेकालाई १० ग्राम र १५ वर्ष सेवा गरेका कर्मचारीलाई १५ ग्राम स्वर्णपदक तथा प्रमाणपत्र सहित ‘दीर्घ सेवा सम्मान’ प्रदान गरिएको हो ।

बैंकमा हाल १ हजार ७८० कर्मचारीहरू कार्यरत रहेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंक अहिलेको अवस्थासम्म आइपुग्नको लागि कर्मचारीको मिहिनेत, लगनशिलता, प्रतिबद्धता र जिम्मेवारीले महत्वपूर्ण भूमिका निर्वाह गरको बताउँदै आगामी दिनमा पनि आफ्नो तर्फबाट सत प्रतिशत योगदान दिन आग्रह गरे ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरूबाट १७ लाख ३१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।

हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरू विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।

लघुवित्त संघर्ष समिति र अर्थ मन्त्रालय बीच वार्ता हुँदै Read Previous

लघुवित्त संघर्ष समिति र अर्थ मन्त्रालय बीच वार्ता हुँदै

माछापुच्छ्रे बैंकका ग्राहकले बिगमार्टमा १० प्रतिशत छुट पाउने Read Next

माछापुच्छ्रे बैंकका ग्राहकले बिगमार्टमा १० प्रतिशत छुट पाउने