नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । गत साता दुई दिन नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज फेरि नयाँ कीर्तिमान बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख २६ हजार रुपैयाँ पुगेको छ ।

यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि फागुन २५ गते प्रतितोला १ लाख २५ हजार रुपैयाँ पुगेको थियो ।

महासंघका अनुसार आज तेजावी सुनको भाउ पनि प्रतितोला १ रुपैयाँ बढेर १ लाख २५ हजार ४०० रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार १७८.३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेर १ हजार ४७० रुपैयाँमा कारोबार भइरहेको छ ।

सस्तो ब्याजमा बैंकहरूले ल्याए आकर्षक घरकर्जा याेजना, कुनको कस्तो ? Read Previous

सस्तो ब्याजमा बैंकहरूले ल्याए आकर्षक घरकर्जा याेजना, कुनको कस्तो ?

चितवन मिल्क उद्योग एक महिनापछि पुनः सञ्चालनमा Read Next

चितवन मिल्क उद्योग एक महिनापछि पुनः सञ्चालनमा