सर्वोच्चले दियाे निजगढ विमानस्थलको निर्माण प्रक्रिया रोक्न आदेश

बहुप्रतिक्षित निजगढ विमानस्थलको निर्माण प्रक्रिया रोक्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चले विमानस्थल निर्माण प्रक्रिया यथास्थितिमा राख्न सरकारलाई आदेश दिएको हो ।

 

पूर्वसचिव द्धरिकानाथ ढुंगेल, अधिवक्ता कृष्णप्रसाद भण्डारी र प्रभु बुढाथोकीले हालेको रिटको सुनुवाई गर्दै न्यायधीस टंकबहादुर मोक्तानको एकल इजलासले शुक्रबार काम अघि नबढाउन आदेश दिएको हो ।

 

सर्वोच्चले उक्त रिटमा सुनुवाई गर्दै रुख नकाट्न र निर्माण प्रक्रिया रोक्न आदेश दिएको हो । सरकारले दोस्रो अन्तराष्ट्रिय विमानस्थलका रुपमा निजगढमा विमानस्थल निर्माणको प्रक्रिया अघि बढाएको थियो । विमानस्थल बनाउँदा लाखौं रुख काटिने भएपछि त्यस बिरुद्ध सर्वोच्चमा मुद्दा दायर भएको थियो ।

विश्व अर्थतन्त्रको ५० वर्ष : विकासशील देशका वहुराष्ट्रिय कम्पनीको हिस्सा बढ्दो, आर्थिक असमानता झनै विकराल Read Previous

विश्व अर्थतन्त्रको ५० वर्ष : विकासशील देशका वहुराष्ट्रिय कम्पनीको हिस्सा बढ्दो, आर्थिक असमानता झनै विकराल

यी हुन् प्रदेश २ मा भ्रमण वर्षका लागि छनोट भएका नयाँ ‘डेस्टिनेसन’ Read Next

यी हुन् प्रदेश २ मा भ्रमण वर्षका लागि छनोट भएका नयाँ ‘डेस्टिनेसन’