यी हुन् प्रदेश २ मा भ्रमण वर्षका लागि छनोट भएका नयाँ ‘डेस्टिनेसन’

काठमाडौं । प्रदेश नम्बर २ ले भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै नयाँ ‘डेस्टिनेसन’हरु बनाएको छ । प्रदेश २ मा जनकपुर मात्र हरेक पर्यटकका लागि एउटा डेस्टिनेसन बन्दै आएको सन्र्दभमा प्रदेश नम्बर २ ले भ्रमण वर्षको तयारी स्वरुप अन्य डेस्टिनेसनहरुको पनि छनौट गरेको हो ।

 

पर्यटन वर्षलाई प्रभावकारी बनाउन प्रदेश २ ले जिल्ला कमिटी बोर्ड गठन गरी काम तिब्र गतिमा अघि बढाइरहेको छ । चाँडै ८ वटै जिल्लाको कमिटी बोर्ड तयार गरी नयाँ भ्रमण डेस्टिनेसनको प्रचारप्रसार सुरु गर्ने प्रदेश २ का भिजिट नेपाल २०२० प्रदेश संयोजक मनिश झाले बताए ।

 

प्रदेशले झण्डै ४० वटा सम्भावित स्थानलाई नयाँ डेस्टिनेसन बनाउने भएको छ । त्यस मध्ये पनि विशेषगरि ५ देखि ७ वटा नयाँ डेस्टिनेसन छनोट गरी त्यसलाई प्रचारप्रसार गरी पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखेको छ ।

 

प्रदेशले अर्थतन्त्रमा सकारात्मक परिवर्तन गर्न सक्ने खालका नयाँ डेस्टिनेसन छनोट गरी त्यहाँ ‘मेगा इभेन्ट’ समेत गर्ने योजना बनाएको छ ।
यस्ता छन् नयाँ डेस्टिनेसनः

 

अनुसार प्रदेश २ ले मात्र १० लाख पर्यटक भित्राउने क्षमता राख्छ । यसमा रहेका नयाँ डेस्टिनेसनका कारण १० लाख पर्यटक प्रदेश २ आफैले भित्राउन सक्ने उनले बताए ।

 

पर्साः पर्सामा पारसेनाथ मन्दिर रहेको छ । पारसेनाथ मन्दिरकै नामबाट उक्त जिल्लाको नाम पर्सा हुन गएको हो ।

 

जैन सर्किटले मान्ने यो मन्दिर नेपालमा महोत्तरी र पर्सा गरी २ स्थानमा रहेको छ । जैन धर्मावालम्बीहरुले मान्ने यो मन्दिर पर्सामा नेपालकै ठूलो मन्दिरको रुपमा रहेको छ ।

 

यसले भारतबाट आउने जैन धर्मावलम्बीहरुलाई आकर्षित गर्ने अनुमान गरिएको छ ।

 

बाराः बारामा गढीमाई प्रख्यात रहेको छ । तर, भ्रमण वर्षका लागि बारामा नयाँ ठाउँ सिम्रनगढलाई छनोट गरिएको छ । बारामा मुगल सामराज्यको इतिहास बोकेको यो सिम्रनगढले भारतीय पर्यटकलाई आकर्षित गर्ने सम्भावना रहेको छ ।

 

यो ठाउँ धार्मिक तथा एतिहासिक रुची भएका पर्यटका लागि नेपालमा नयाँ गन्तव्य बन्ने झाले जानकारी दिए ।

 

रौतहटः रौतहटमा नयाँ डेस्टिनेसनका रुपमा नुनथरलाई छनोट गरिएको छ । सो स्थान धार्मिक रुपमा निकै प्रसिद्ध रहेको छ । जंगल, खोला, ट्किङ रुटहरुको समेत राम्रो व्यवस्था भएकाले यो स्थानले धेरै पर्यटक तान्न सकिने उनको बुझाई छ ।

 

सर्लाहीः सर्लाहीमा नाडिबनताल नयाँ डेस्टिनेसनको रुपमा छनोट भएको छ । सो स्थानलाई नाडिमनी ताल पनि भन्ने गरिन्छ । यहाँ ठूलो ताल रहेको छ । साथै सँगै रहेको सागरनाथ जंगलका कारण यसलाई झन आकर्षक बनाएको छ ।

 

सो जंगल नेपालको पूर्वापश्चिम राजमार्गदेखि भारतसम्म फैलिएको छ । ठूलो नदि र त्यससँगै रहेको यो जंगलका कारण र त्यसमा पाइने स्वच्छ वातावरणका कारण धेरै पर्यटक यस तर्फ आकर्षित हुने अनुमान गरिएको छ ।

 

भारतमा धेरै गर्मी हुने र चिसो र सित्तल ठाउँ खोज्दै हिँड्ने भारतीय पर्यटकका लागि यो राम्रो डेस्टिनेसन बन्न सक्ने झा बताउँछन् ।

 

धनुषाः धनुषाधामलाई  यो पटक नयाँ ठाउँ छनोट गरिएको छ । रामले धनुष तोड्दा एउटा टुक्रा धनुष आएर यस धाममा गाडिएको विश्वास गरिन्छ ।

 

यसलाई रामको प्रतिकको रुप मानेर आजसम्म पनि भारतदेखि भक्तजनहरु आउने गरेका छन् । यसलाई पनि धार्मिक गन्तव्यको रुपमा अगाडी बढाउन सकिने र पर्यटक तान्न सकिने देखिन्छ । यसलाई चार धाम मध्येको एक स्थानको रुपमा पनि लिइन्छ ।

 

सिराहाः सिरहामा नयाँ डेस्टिनेसनका रुपमा सलहेस फुलबारीलाई छनोट गरिएको छ । यसको इतिहास हेर्दा यहाँ सलेस नामक एक राजा थिए । जसको नामबाट यस फुलबारीको नाम राखिएको छ ।

 

यस बगैचामा एउटा फुल छ । जुन वैशाखमा मात्र फुल्ने गर्छ । यसले मानिसहरुलार्ई रुची जगाउन सक्ने हुँदा नयाँ गन्तव्यको रुपमा छनोट गरिएको हो । यो बगैंचा नजिकै एउटा बाबा ताल समेत रहेको छ, जसले यो बगैंचालाई सुन्दर बनाएको छ ।

 

यस्तै, सप्तरीमा  लहजल ताललाई डेस्टिनेसन तयार गरिएको झाले बताए । झाका अनुसार प्रदेश २ ले मात्र १० लाख पर्यटक भित्राउने क्षमता राख्छ । यसमा रहेका नयाँ डेस्टिनेसनका कारण १० लाख पर्यटक प्रदेश २ आफैले भित्राउन सक्ने उनले बताए ।

 

उनले हाल गढिमाई मेलामा हरेक दिन ५० देखि ६० हजार भारतीय पर्यटक आइरहेको बताए । उनले एक सातामा ४ लाखका हाराहारीमा भारतीय पर्यटक भित्रिने गरेको बताए ।

सर्वोच्चले दियाे निजगढ विमानस्थलको निर्माण प्रक्रिया रोक्न आदेश Read Previous

सर्वोच्चले दियाे निजगढ विमानस्थलको निर्माण प्रक्रिया रोक्न आदेश

माथिल्लो भोटेकोशीबाट परीक्षण प्रसारण शुरु Read Next

माथिल्लो भोटेकोशीबाट परीक्षण प्रसारण शुरु