विश्व अर्थतन्त्रको ५० वर्ष : विकासशील देशका वहुराष्ट्रिय कम्पनीको हिस्सा बढ्दो, आर्थिक असमानता झनै विकराल

विगत ५० वर्षमा विश्व अर्थतन्त्रले ठूलो उतारचढावहरु व्यहोर्यो । पूँजीवादले एकछत्र राज गर्यो । ठूलो धक्का पनि खायो । कुनै बेला सेयरधनीहरुको नाफालाई नै सर्वोपरि ठान्ने ठूला कम्पनीका प्रमुख कार्यकारीहरु अहिले सबै सरोकारवालाहरुको हितलाई ध्यान दिनुपर्छ भन्न थालेका छन् ।

 

यो ५० वर्षमा भएका अन्य ठूला परिर्वतनहरु भनेका प्रविधिजन्य कम्पनीहरुको उदय, विकासशील देशहरुमा उदाएका वहुराष्ट्रिय कम्पनीहरु, क्षमतावान जनशक्तिको विस्तार र बढ्दो आर्थिक असमानता हुन् ।

 

विगत ५० वर्षयता विश्वका ठूला कम्पनीहरुले आफ्लाई समाजप्रति उत्तरदायी बदाउँदै लगेका छन् । पर्यावरणको रक्षा र दीगो विकासमा भूमिका खेल्न थालेका छन् । कामदारहरुको हक अधिकार, असमानता जस्ता मुद्दाहरुमा केन्द्रीत हुने कम्पनीहरुको संख्या सन् २०१४ यता मात्र ३ सय ६६ प्रतिशतले बढेको छ ।

अहिले विश्वका ठूला कम्पनीहरुको सूचीमा प्रविधिजन्य कम्पनीहरुले आफ्नो हैकम जमाएका छन् । प्रकृतिक साधनस्रोतको दोहन गर्ने कम्पनीहरु विश्वका ठूला कम्पनीहरुको सूचीमा तल झर्न थालेका छन्, विगत ५० वर्षमा ।

 

सन् १९७० मा अमेरिकाको ठूला ३० कम्पनीहरुमा कोडाक मात्र एउटा प्रविधिजन्य कम्पनी थियो । अहिलेको अवस्था तलका चार्टहरुमा देखाइएको छ ।


विगत ५० वर्षमा विकासशील देशहरु उदाएका छन् । सन् १९७० मा विश्वको कूल प्रत्यक्ष बैदेशिक लगानीको ०.४ प्रतिशत हिस्सा मात्र विकासशील देशहरुका वहुराष्ट्रिय कम्पनीहरुले ओगट्थे ।

 

सन् २००८ मा उनीहरुले प्रत्यक्ष बैदेशिक लगानीको हिस्सा १५.८ प्रतिशत पुर्याएका छन् । अहिले विश्वका ठूला दश कम्पनीहरुमा दुईवटा कम्पनी चिनीयाँ हुन् ।

 

विश्वको जनसंख्या धेरै ‘मोबाइल’ भएका छन् पछिल्लो ५० वर्षमा । संयुक्त राष्ट्र संघका अनुसार अन्तर्राष्ट्रिय बसाइसराइँ सन् १९९० यता ७८ प्रतिशतले बढेको छ ।

 

यसले क्षमतावान् जनशक्तिको उपलब्धतामा सुधार आएको छ । कम्पनीहरुले क्षमता जाँच्ने ठूलो ‘प्लेटर्फम’ पाएका छन् ।

 

यो ५० वर्षमा सबै आर्थिक ट्रेण्डहरु सकारात्मक छन् भन्ने होइन । आर्थिक असमानता ब्यायक रुपमा बढेको छ । विश्वका धेरै क्षेत्रहरुमा आर्थिक असमानता बढेका छन् र तिनले सामाजिक र राजनीतिक माहौललाई उद्धेलित तुल्याएका छन् । आइसीडीले प्रकाशित गरेको प्रतिवेदनले धनी र गरिब राष्ट्रहरु बीच पनि खाडल बढ्दै गएको उल्लेख गरेको छ ।

वर्ल्ड इकोनोमी फोरमबाट

मुस्ताङ बासीले स्याउ बेचेर भित्र्याए ६० करोड Read Previous

मुस्ताङ बासीले स्याउ बेचेर भित्र्याए ६० करोड

सर्वोच्चले दियाे निजगढ विमानस्थलको निर्माण प्रक्रिया रोक्न आदेश Read Next

सर्वोच्चले दियाे निजगढ विमानस्थलको निर्माण प्रक्रिया रोक्न आदेश