विगत ५० वर्षमा विश्व अर्थतन्त्रले ठूलो उतारचढावहरु व्यहोर्यो । पूँजीवादले एकछत्र राज गर्यो । ठूलो धक्का पनि खायो । कुनै बेला सेयरधनीहरुको नाफालाई नै सर्वोपरि ठान्ने ठूला कम्पनीका प्रमुख कार्यकारीहरु अहिले सबै सरोकारवालाहरुको हितलाई ध्यान दिनुपर्छ भन्न थालेका छन् ।
यो ५० वर्षमा भएका अन्य ठूला परिर्वतनहरु भनेका प्रविधिजन्य कम्पनीहरुको उदय, विकासशील देशहरुमा उदाएका वहुराष्ट्रिय कम्पनीहरु, क्षमतावान जनशक्तिको विस्तार र बढ्दो आर्थिक असमानता हुन् ।
विगत ५० वर्षयता विश्वका ठूला कम्पनीहरुले आफ्लाई समाजप्रति उत्तरदायी बदाउँदै लगेका छन् । पर्यावरणको रक्षा र दीगो विकासमा भूमिका खेल्न थालेका छन् । कामदारहरुको हक अधिकार, असमानता जस्ता मुद्दाहरुमा केन्द्रीत हुने कम्पनीहरुको संख्या सन् २०१४ यता मात्र ३ सय ६६ प्रतिशतले बढेको छ ।

अहिले विश्वका ठूला कम्पनीहरुको सूचीमा प्रविधिजन्य कम्पनीहरुले आफ्नो हैकम जमाएका छन् । प्रकृतिक साधनस्रोतको दोहन गर्ने कम्पनीहरु विश्वका ठूला कम्पनीहरुको सूचीमा तल झर्न थालेका छन्, विगत ५० वर्षमा ।
सन् १९७० मा अमेरिकाको ठूला ३० कम्पनीहरुमा कोडाक मात्र एउटा प्रविधिजन्य कम्पनी थियो । अहिलेको अवस्था तलका चार्टहरुमा देखाइएको छ ।

विगत ५० वर्षमा विकासशील देशहरु उदाएका छन् । सन् १९७० मा विश्वको कूल प्रत्यक्ष बैदेशिक लगानीको ०.४ प्रतिशत हिस्सा मात्र विकासशील देशहरुका वहुराष्ट्रिय कम्पनीहरुले ओगट्थे ।
सन् २००८ मा उनीहरुले प्रत्यक्ष बैदेशिक लगानीको हिस्सा १५.८ प्रतिशत पुर्याएका छन् । अहिले विश्वका ठूला दश कम्पनीहरुमा दुईवटा कम्पनी चिनीयाँ हुन् ।

विश्वको जनसंख्या धेरै ‘मोबाइल’ भएका छन् पछिल्लो ५० वर्षमा । संयुक्त राष्ट्र संघका अनुसार अन्तर्राष्ट्रिय बसाइसराइँ सन् १९९० यता ७८ प्रतिशतले बढेको छ ।
यसले क्षमतावान् जनशक्तिको उपलब्धतामा सुधार आएको छ । कम्पनीहरुले क्षमता जाँच्ने ठूलो ‘प्लेटर्फम’ पाएका छन् ।

यो ५० वर्षमा सबै आर्थिक ट्रेण्डहरु सकारात्मक छन् भन्ने होइन । आर्थिक असमानता ब्यायक रुपमा बढेको छ । विश्वका धेरै क्षेत्रहरुमा आर्थिक असमानता बढेका छन् र तिनले सामाजिक र राजनीतिक माहौललाई उद्धेलित तुल्याएका छन् । आइसीडीले प्रकाशित गरेको प्रतिवेदनले धनी र गरिब राष्ट्रहरु बीच पनि खाडल बढ्दै गएको उल्लेख गरेको छ ।
वर्ल्ड इकोनोमी फोरमबाट