काठमाडौं । माओवादी नेता वर्षमान पुन अर्थमन्त्री बन्ने लगभग पक्का भएको छ । बुधबार बसेको सत्ता गठबन्धनले मन्त्रालयको भागबन्डा मिलाएसँगै माओवादीको तर्फबाट पुन अर्थमन्त्री बन्ने निश्चित भएको हो ।
गठबन्धनकाे आजको बैठकले नेकपा एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो भागमा पाउने मन्त्रालयको टुंगो लागेको छ ।
एमालेले भौतिक योजना, रक्षा लगायतका मन्त्रालय पाउने भएको छ । रघुवी महासेठको नेतृत्वमा सरकारमा पठाउने तयारी छ ।
रास्वपाले गृहसहित शिक्षा, श्रम र युवा तथा खेलकुद मन्त्रालय पाउने भएको छ । पार्टी सभापति रवि लामिछाने गृहमन्त्री बन्ने भएका छन् । त्यस्तै, डीपी अर्याल श्रम, सुमना श्रेष्ठ शिक्षा र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बन्ने भएका छन् ।
मन्त्रालयको टुंगो लागेसँगै आजै सपथ खुवाउने तयारी गरिएको छ ।