काठमाडौं । सत्तान गठबन्धनमा प्रमुख तीन ठूला दलले पाउने मन्त्रालयको करिब टुंगो लागेको छ । बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय भागबन्डा लगभग टुंग्याएको हो ।
जनता समाज पार्टी सरकारमा जाने नजाने अनिर्णित रहे पनि नेकपा एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो भागमा पाउने मन्त्रालयका टुंगो लागेको छ ।
सहमति अनुसार नेकपा एमालेले ८, रास्वपाले ४ र माओवादीले ५ मन्त्रालय पाउने जनाइएको छ । एमालेले भौतिक योजना, रक्षा लगायतका मन्त्रालय पाउने भएको छ । रघुवी महासेठको नेतृत्वमा सरकारमा पठाउने तयारी छ ।
त्यस्तै, माओवादीले वर्षमान पुनलाई अर्थ र नारायणकाजीलाई परराष्ट्रबन्त्री बनाउने भएको छ । हितबहादुर तामाङले यसअघि नै शपथ लिइसकेका छन् भने अन्य मन्त्रीहरुको नाम टुंगिएको छैन ।
रास्वपाले गृहसहित शिक्षा, श्रम र युवा तथा खेलकुद मन्त्रालय पाउने भएको छ । पार्टी सभापति रवि लामिछाने गृहमन्त्री बन्ने भएका छन् । त्यस्तै, डीपी अर्याल श्रम, सुमना श्रेष्ठ शिक्षा र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बन्ने भएका छन् ।
मन्त्रालयको टुंगो लागेसँगै आजै सपथ खुवाउने तयारी गरिएको छ ।