जनकपुर भन्सारले १८५ वटा मोटरसाइकल लिलामी गर्दै, रोयल इनफिल्ड ५५ हजारमै (मूल्यसहित)

काठमाडौं । जनकपुर भन्सार कार्यालयले १८५ यूनिट मोटरसाइकल लिलामीमार्फत बिक्री गर्ने भएको छ ।

भन्सार कार्यालयले विभिन्न समयमा भन्सार छली, चोरी पैठारी गरी ल्याइएका १८५ थान मोटरसाइकल लिलामी गर्न लागेको हो ।

कार्यालयले हाल प्रयोग गर्न सकिने खालका ६१ वटा र पुनः सवारीसाधनको रुपमा प्रयोग गर्न नमिल्ने (स्क्र्याप गर्नुपर्ने) १२४ थान गरी कुल १८५ थान मोटरसाइकल लिलामीमा ल्याएको हो ।

इच्छुक खरिदकर्ताले २१ दिन भित्र आफूले लिन चाहेको सवारीसाधन र मूल्य तोकी गोप्य शिलबन्दीमार्फत आवेदन दिनुपर्नेछ ।

खरिदकर्ताले आफूले कबोल गरेको मूल्यको १० प्रतिशत रकम राष्ट्रिय वाणिज्य बैंक, जनपुरमा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयको खातामा जम्मा गर्नुपर्नेछ ।

भन्सारले प्रयोग गर्न मिल्ने मोटरसाइकलको मूल्य मोडल अनुसार न्यूनतम साढे १२ हजारदेखि ९० हजार रुपैयाँसम्म तोकेको छ । स्क्र्याप गर्नुपर्ने १२४ थानको एकमुष्ट ७ लाख ५० हजार रुपैयाँ तोकेको छ ।

समस्याग्रस्त सहकारीका ऋणीलाई ऋण तिर्न ३५ दिने अल्टिमेटम, नतिरे सम्पत्ति रोक्का Read Previous

समस्याग्रस्त सहकारीका ऋणीलाई ऋण तिर्न ३५ दिने अल्टिमेटम, नतिरे सम्पत्ति रोक्का

चिनी उद्योगलाई सिजनमै उखु अभाव, दिन बिराएर उद्योग चलाउनुपर्ने बाध्यता Read Next

चिनी उद्योगलाई सिजनमै उखु अभाव, दिन बिराएर उद्योग चलाउनुपर्ने बाध्यता