यस वर्ष ५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने चीनको लक्ष्य

बेइजिङ । चीनले सन् २०२४ मा करिब पाँच प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको मङ्गलबार राष्ट्रिय विधायिकामा छलफलका लागि पेस गरिएको सरकारी कार्यप्रतिवेदनले जनाएको छ ।

प्रतिवेदनअनुसार यस वर्ष सहरी क्षेत्रमा एक करोड २० लाखभन्दा बढी रोजगारी सिर्जना हुने र सर्वेक्षण गरिएको सहरी बेरोजगारी दर करिब पाँच दशमलव पाँच प्रतिशत हुने अनुमान गरिएको छ ।

कूल गार्हस्थ्य उत्पादन (जीडीपी)सँगको घाटाको अनुपात तीन प्रतिशत कायम गर्ने र सन् २०२३ को बजेटबाट सरकारी घाटा १ खर्ब ८० अर्ब युआनले बढ्ने गरी सक्रिय वित्तीय नीति र विवेकपूर्ण मौद्रिक नीतिलाई निरन्तरता दिइने पनि प्रतिवेदनमा उल्लेख छ ।

चीनमा यस वर्ष स्थानीय सरकारहरूका लागि ३९ खर्ब युआनको विशेष प्रयोजनका ऋणपत्र जारी गरिने छ । यो गत वर्षभन्दा १०० अर्ब युआन बढी हो ।

एमाले संसदीय दलको मुख्य सचेतकमा बर्तौला, सचेतकमा बराल Read Previous

एमाले संसदीय दलको मुख्य सचेतकमा बर्तौला, सचेतकमा बराल

बंगलादेशले छिमेकी देशबाट ९ हजार मेगावाट बिजुली किन्ने, नेपालसँग आगामी महिना सम्झौता Read Next

बंगलादेशले छिमेकी देशबाट ९ हजार मेगावाट बिजुली किन्ने, नेपालसँग आगामी महिना सम्झौता