एलन मस्कलाई पछि पार्दै जेफ बेजोस बने विश्वकै सबैभन्दा धनी व्यक्ति

काठमाडौं । टेस्लाका मालिका तथा सीईओ एलन मस्कलाई पछि पार्दै अमेजनका सीईओ जेफ बेजोस विश्वकै धनी व्यक्ति बनेका छन् ।

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार बेजोसको सम्पत्ति २०० अर्ब डलर पुगेको छ । लामो समयदेखि पहिलो नम्बरमा रहेका मस्कको कुल सम्पत्ति घटेर १९८ अर्ब डलरमा झरेको हो ।

यस वर्ष बेजोसको कुल सम्पत्ति २३.४ बिलियन डलरले बढेको छ । मस्कले एलभीएमएच सीईओ र फ्रान्सेली व्यापारी बर्नार्ड अर्नाल्टलाई पछी पारेर मे २०२३ मा पहिलो नम्बरमा पुगेका थिए ।

अर्नाल्ट हाल १९७ अर्ब डलरको सम्पत्तिसहित धनीहरूको सूचीमा तेस्रो स्थानमा छ । उनको कुल सम्पत्ति १८.३ अर्ब डलरले बढेको छ ।

फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्मका सीईओ मार्क जुकरबर्ग १७९ अर्ब डलरको सम्पत्तिका साथ विश्वका धनी व्यक्तिको सूचीमा चौथो स्थानमा छन् । यो वर्ष उनको कुल सम्पत्ति ५०.७ बिलियन डलरले बढेको छ । त्यस्तै माइक्रोसफ्टका संस्थापक बिल गेट्स १५० अर्ब डलरसहित यो सूचीमा पाँचौं स्थानमा छन् ।

पशुपति क्षेत्रमा मासु र मदिरा बिक्रीमा रोक Read Previous

पशुपति क्षेत्रमा मासु र मदिरा बिक्रीमा रोक

नेप्से जसरी बढ्यो त्यसैगरी घट्यो, सोनापुरको सर्वाधिक कारोबार Read Next

नेप्से जसरी बढ्यो त्यसैगरी घट्यो, सोनापुरको सर्वाधिक कारोबार