काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले इतिहासमै महँगोको रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख २३ हजार रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनाएको हो ।
यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि पुस १२ गते प्रतितोला १ लाख २२ हजार रुपैयाँ पुगेको थियो ।
महासंघका अनुसार आज तेजावी सुनको भाउ पनि प्रतितोला २ रुपैयाँ बढेर १ लाख २२ हजार ४०० रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ०८३.०४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
आज चाँदी प्रतितोला ३५ रुपैयाँ बढेर १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।