काठमाडौं । मंगलबार सेयर बजारमा तीव्र उतरचढाव आएको छ । प्रि ओपन सेसनमा १६ अंकले बढेको नियमित बजार खुलेको ५ मिनेटमै ४२ अंकले घटेको हो । भारी गिरावट आएसँगै नेप्से फेरि घटेर २ हजार बिन्दु तल आएको छ ।
सोमबार एकैदिन नेप्से ६ प्रतिशत अर्थात् ११७ अंकले बढेर सर्किट लागेर पूरै समय कारोबार हुन नपाइ बन्द भएको थियो । आज प्रफिट बुक गर्ने हाबी हुँदा बजारमा खुल्नै बित्तिकै बिक्री चाप आएको हो ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेससँगको गठबन्धन तोड्दै एमालेसँग नयाँ गठबन्ध गरी नयाँ सरकार बनाएसँगै लगानीकर्ता उत्साहित हुँदा नेप्सेले छलाङ हानेको थियो ।