नेप्सेमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटका लागि कारोबार स्थगित

काठमाडौं । सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । मंगलबार बजार खुलेको ३ मिनेटमै नेप्से ४ प्रतिशतले बढेर पहिलो सर्किट लाग्दै २० मिनेटका लागि कारोबार स्थगित भएको थियो ।

त्यसपछि खुलेको नेप्से २० सेकेण्डैमै ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटका लागि कारोबार स्थगित भएको हो ।

आज ११ः२४ बजेसम्म नेप्से ९८.६९ अंकले बढेर २०५९ बिन्दुमा पुगेको छ । परिसूचकमा उछाल आए पनि जम्मा २६ करोड ३७ लाख रुपैयाँको मात्र सेयर कारोबार भएको छ ।

पुरानो नेपाली काँग्रेससँगको सत्ता गठबन्धन भत्काएर माओवादीले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी सहितको नयाँ गठबन्धन सरकार बनाउने भएसँगै नेप्सेमा उछाल आएको हो ।

सत्ता समीकरण फेरिएसँगै नयाँ अर्थमन्त्री आउने छन् । विगतमा सेयर बजारमैत्री भनेर चिनिएका पूर्वअर्थमन्त्री फेरि विष्णुप्रसाद पौडेल फेरि अर्थमन्त्री बन्ने हल्लाका कारण लगानीकर्ता उत्साहित हुँदा नेप्सेले छलाङ हानेको हो ।

नेप्सेको नियम अनुसार कारोबार खुलेको पहिलो १ घण्टाभित्र (११ देखि १२ बजेसम्म) नेप्से परिसूचक ४ प्रतिशतले घट्यो वा बढ्यो भने भने सर्किट लगाई २० मिनेटका लागि कारोबार स्थगन हुन्छ । त्यसैगरी कारोबार सुरु भएको दोस्रो घण्टाभित्र (१२ देखि १ बजेसम्म) नेप्से परिसूचक ५ प्रतिशतले घट्यो वा बढ्यो भने पुनः सर्किट लगाई ४० मिनेटका लागि कारोबार रोकिन्छ ।

त्यस्तै दोस्रो सर्किटपछि पनि सूचक ६ प्रतिशतले घट्यो वा बढ्यो भने सर्किट ब्रेक लगाइ सो दिनको बाँकी अवधिको कारोबार पूर्ण रुपमा बन्द गरिन्छ ।

नयाँ सरकार बन्ने भएसँगै नेप्सेमा उछाल, सर्किट ब्रेक लागेर कारोबार स्थगित Read Previous

नयाँ सरकार बन्ने भएसँगै नेप्सेमा उछाल, सर्किट ब्रेक लागेर कारोबार स्थगित

नयाँ गठबन्धन बनेसँगै प्रतिधिनिसभा बैठक स्थगित Read Next

नयाँ गठबन्धन बनेसँगै प्रतिधिनिसभा बैठक स्थगित