काठमाडौं । सत्ता समीकरण बदलिएसँगै प्रतिनिधिसभाको आज ११ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ ।
सङ्घीय संसदका महासचिव पद्यप्रसाद पाण्डेयले जारी गरेको सूचनामा विशेष कारणबस बैठक स्थगित गरिएको उल्लेख छ ।
‘प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखज्यूले सभाको अर्को बैठक मिति फागुन २४ गते बिहीबार विहान ११ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा जानकारीका लागि सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ ।
काँग्रेससँगको गठबन्धन तोड्दै माओवादीले नेकपा एमाले, रास्वपा लगायत दलको नयाँ गठबन्धन बनेको छ । नयाँ सरकारको लागि तयारीका कारण राजनीतिक दलहरु व्यस्त भएकाले संसद बैठक स्थगन गरिएको हो ।