गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउन टेन्डर आह्वान, लागत १ अर्ब १० करोड

काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनले अलपत्र पारेको चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको थप पूर्वाधार निर्माणका लागि टेन्डर आह्वान भएको छ ।

भरतपुर महानगरपालिकाले थप पूर्वाधार निर्माणका लागि बिहीबार टेन्डर आह्वान गरेको हो । बजेट अभावले अलपत्र परेको उक्त रङ्गशाला निर्माणका लागि १ अर्ब १० करोड रुपैयाँमा टेन्डर आह्वान गरिएको हो ।

इच्छुक कम्पनीले आजको ३० दिन भित्र बोलपत्र पेश गर्नुपर्नेछ । निर्माणको लागि छनोट हुने कम्पनीले ३० महिना भित्र उक्त रंगशाला बनाइसक्नु पर्नेछ ।

यो रङ्गशाला तीन तहका सरकारको संयुक्त लगानीमा बन्ने भएको हो । सङ्घीय सरकारले बागमती प्रदेश सरकारसँगको साझेदारीमा रङ्गशाला बनाउन भरतपुर महानगरपालिकालाई सहमति दिएको छ ।

धुर्मुस-सुन्तली फाउण्डेसनले रु १९ करोड ऋण लागेको भन्दै दुई वर्षअघि निर्माणको काम छाडेको थियो । त्यसपछि रङ्गशाला निर्माण कार्य अलपत्र बनेको थियो । महानगरपालिकाले उक्त आयोजनालाई महानगरको महत्त्वपूर्ण आयोजनाको रूपमा लिएको छ ।

मानुषी र श्रृजनशील लघुवित्तको मर्जर भाँडियो, यस्तो छ कारण Read Previous

मानुषी र श्रृजनशील लघुवित्तको मर्जर भाँडियो, यस्तो छ कारण

नेप्सेमा सिटिजन लाइफ र फर्स्ट माइक्रोफाइनान्सको बोनस सेयर सूचीकृत Read Next

नेप्सेमा सिटिजन लाइफ र फर्स्ट माइक्रोफाइनान्सको बोनस सेयर सूचीकृत