काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्स र फर्स्ट माइक्रोफाइनान्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
दुवै कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेका अनुसार सिटिजन लाइफको ५ प्रतिशत अर्थात् १८ लाख ७५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
त्यस्तै, फर्स्ट माइक्रोफाइनान्सको ७.५ प्रतिशत अर्थात् ८ लाख ६० हजार ८०९.४६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
दुवै कम्पनीको सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।