काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्त वित्तीय संस्था बीचको मर्जर प्रक्रिया भाँडिएको छ ।
श्रृजनशील लघुवित्तको वित्तीय अवस्था सन्तोषजनक नदेखेको भन्दै मानुषीले मर्जर प्रक्रिया अघि बढ्न नसक्ने घोषण गरेको हो ।
मानुषीले श्रृजनशीलसँग डिमर्ज प्रक्रिया अघि बढाइएको नियामक निकायलाई जानकारी गराएको हो । यी दुई लघुवित्त बीच २०७९ चैत २ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
यस्तै, २०८० पुस ११ गते अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । दुवै लघुवित्तले मर्जरका लागि नेपाल राष्ट्र बैंक र नेप्सेसँग अन्तिम स्वीकृति समेत मागेका थिए ।