कर्जा धितोमा प्रहरीको बुझाइ गलत रहेको बैंकर्स संघको निष्कर्ष

काठमाडौं । नेपाल बैंकर्स संघले बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जाको धितो सम्बन्धमा प्रहरीको बुझाइ गलत रहेको निष्कर्ष निकालेको छ ।

मंगलबार प्रहरीको केन्द्रीय अनुसनधान ब्यूरो (सीआइबी)ले तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका दुई जना सीईओसहित ११ जना कर्मचारी पक्राउ गरेपछि बुधबार बसेको संघको आकष्मिक बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

मिलेमतोमा धितोभन्दा धेरै कर्जा दिएको भन्दै सेञ्चुरीका पूर्व सीईओद्धय मनोज न्यौपाने, तुलसीराम गौतमसहित ११ जनालाई कार्यलयबाटै पक्राउ गरेको थियो ।

संघको बैठकले धितोको सम्बन्धमा बैंकको बुझाइ बारे जानकारी दिन आजै गृह मन्त्रालय, सीआइबीका पदाधिकारीसँग भेट्ने निर्णय गरेको छ । भेटपछि बुधबार साँझ नै पुनः बैठक बसेर आफ्ना धारणा सार्वजनिक गर्ने निर्णय संघको बैठकले गरेको छ ।

यस्तै, बैठकले पछिल्लो घटानक्रम र त्यसबाट सिर्जित समस्याबारे राष्ट्र बैंकलाई जानकारी पनि गराउने निर्णय गरेको छ ।

 

 

काठमाडौंमा यी ठाउँमा १ हप्तासम्म बिजुली जाने Read Previous

काठमाडौंमा यी ठाउँमा १ हप्तासम्म बिजुली जाने

राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने माओवादीको निर्णय Read Next

राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने माओवादीको निर्णय