काठमाडौंमा यी ठाउँमा १ हप्तासम्म बिजुली जाने

काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा १ हप्तासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्र अन्तर्गत्को प्रणालीमा विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेकाले केही स्थानमा फागुन २२ गतेसम्म आपूर्ति बन्द हुने भएको हो ।

प्राधिकरणका अनुसार बुधबार महाराजगञ्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्र बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ । त्यस्तै, फागुन १७ गते सामुखुसी र गोंगबु फिडरअन्तर्गतका गोंगबु, सामाखुशी, टाउन प्लानिङ क्षेत्र, फागुन १८ गते .चपली घुम्ती चोक र पासिकोट क्षेत्रहरूमा बत्ती जाने प्राधिकरणले जानकारी दिएको छ।

त्यसैगरी, फागुन १९ गते हेपालीहाइटदेखि धापासी विद्यालय हुँदै दहाल गौंडासम्म, फागुन २० गते एभरेष्ट बैंक हुँदै लाजिम्पाटदेखि राष्ट्रपति भवन, टुँडालदेवीसम्म, २१ गते गोल्फुटार पेट्रोल पम्पदेखि बसुन्धरा क्षेत्रसम्म र फागुन २२ गते गोल्फुटारदेखि ह्याम्स अस्पतालसम्मको क्षेत्रमा विद्युत आपूर्ति बन्द रहुने प्राधिकरणले जनाएको छ ।

बचतकर्ताको ११ करोड हिनामिना गर्ने माता पाथिभरा सहकारीका अध्यक्ष जेल चलान Read Previous

बचतकर्ताको ११ करोड हिनामिना गर्ने माता पाथिभरा सहकारीका अध्यक्ष जेल चलान

कर्जा धितोमा प्रहरीको बुझाइ गलत रहेको बैंकर्स संघको निष्कर्ष Read Next

कर्जा धितोमा प्रहरीको बुझाइ गलत रहेको बैंकर्स संघको निष्कर्ष