नेपालगञ्ज-गुलरिया सडक विस्तार तीव्र, एक वर्षमै ७५ प्रतिशत काम सम्पन्न

बाँके । नेपालगञ्ज–गुलरिया हुलाकी सडक विस्तारको काम एक वर्षमै ५७ प्रतिशत सम्पन्न भएको छ । ११.६० किलोमिटर ४ लेन र १६.२ किलोमिटर दुई लेनगरी २७.६२ किलोमिटर लामो सडक विस्तार २०८२ मङ्सिर २७ गते ३ वर्षमा सम्पन्न हुनेगरी गत वर्ष माघ १५ गतेदेखि निर्माण सुरु भएको थियो ।

एक वर्षको अवधिमा ५७ प्रतिशत काम सम्पन्न भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार काम गरेअनुसारको भुक्तानी समयमै दिन सकेमा निर्धारित समयभन्दा एक वर्ष पहिले नै सम्पन्न हुने भएको छ । निर्माण कम्पनीले तोकिएको समयभन्दा अगाडि नै काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

निर्माण कम्पनीले मूल्य अभिवृद्धि करबाहेक रु २ अर्ब ७८ करोड २९ लाखमा नेपालगञ्ज–गुलरिया सडक विस्तार निर्माणको जिम्मा पाएको हो । निर्माण कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले समयमै भुक्तानी प्राप्त भएमा एक वर्षभित्र सम्पन्न गर्नेगरी काम गरिएको बताए ।

निर्माण कम्पनीले यस वर्ष कम्तीमा २० किलोमिटर सडक कालोपत्र गर्नेगरी काम अघि बढाएको शर्माले जानकारी दिए। नेपालगञ्ज-गुलरिया सडक विस्तारकार्यको भौतिक प्रगतिको आधा २७ प्रतिशतमात्र कामको भुक्तानी दिन सकिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख भण्डारीले बताए ।

उनका अनुसार निर्माण कम्पनीले काम गरी भुक्तानीका लागि पेस गरेको रु ४४ करोडको बिलअनुसारको भुक्तानी हुन बाँकी रहेको छ । बजेट अभाव कायमै रहेमा निर्माणाधीन योजनामा प्रभाव पर्ने देखिएको छ ।रासस

निर्जीवन बीमामा शिखरको वर्चश्व कायमै, मर्जरपछि बनेका कम्पनीले उछिन्न सकेनन् Read Previous

निर्जीवन बीमामा शिखरको वर्चश्व कायमै, मर्जरपछि बनेका कम्पनीले उछिन्न सकेनन्

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान, कति लाग्छ दस्तुर ? Read Next

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान, कति लाग्छ दस्तुर ?