समस्याग्रस्त सेयर मार्केट्स एन्ड फाइनान्स संचालन समिति गठन गर्दै राष्ट्र बैंक, माग्यो संयोजक

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन तथा सञ्चालनका लागि संयोजक नियुक्त गर्ने भएको छ ।

सोमबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले व्यवस्थापन समूहको संयोजकका लागि दरखास्त आह्वान गरेको हो । उक्त फाइनान्स संचालन गर्न राष्ट्र बैंकले दुई जना सम्मिलित सञ्चालन तथा व्यवस्थापन समितिका लागि संयोजक मागेको हो ।

इच्छुक व्यक्तिले आगामी चैत ४ गतेसम्म आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर उपाधि हासिल गरी बैंकिङ क्षेत्रमा न्यूनतम १० वर्ष अनुभव प्राप्त गरेको बैंकिङ विज्ञले आवेदन दिने सक्ने छन् ।

त्यस्तै, दर्खास्त दिने उम्मेदवार ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

संयोजकको न्यूनतम सेवा अवधि १ वर्षको रहने र ६/६ महिनाका लागि दुईपटक सेवा अवधि नवीकरण गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । मासिक पारिश्रमिक १ लाख २६ हजार ३०० रुपैयाँ हुनेछ ।

राष्ट्र बैंकले नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सलाई २०६९ पुस २८ गते समस्याग्रस्त घोषणा गरेको थियो ।

त्रिशूलीमा हाइड्रोपावर बन्ने भएपछि पर्यटन व्यवसायी चिन्तित, र्‍याफ्टिङ व्यवसाय सङ्कटमा Read Previous

त्रिशूलीमा हाइड्रोपावर बन्ने भएपछि पर्यटन व्यवसायी चिन्तित, र्‍याफ्टिङ व्यवसाय सङ्कटमा

घरजग्गा र सेयर बजार सुधारोन्मुख छ : अर्थमन्त्री Read Next

घरजग्गा र सेयर बजार सुधारोन्मुख छ : अर्थमन्त्री