घरजग्गा र सेयर बजार सुधारोन्मुख छ : अर्थमन्त्री

अर्थमन्त्री डा प्रकाशशरण महत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सोमबार आव २०८०/०८१ को बजेट पेश गर्दै ।

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशरण महतले पछिल्लो समय घरजग्गा कारोबार र सेयर बजार सुधारोन्मुख रहेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८१/८२को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पेस गर्दै उनले पछिल्लो समय अर्थतन्त्र लयमा आउन थालेको बताएका हुन् ।

उनले सरकारले लिएको नीति, सरोकारवालासँग गरिएको छलफल, मौद्रिक नीतिमा अपनाइएको लचकता लगायत कारणले अर्थतन्त्रमा सुधार देखिएको बताएका हुन् ।

उनले रेमिट्यान्स आप्रवाह, पर्यटक आवगमन, वैदेशिक लगानी बढ्दो क्रममा रहेको बताए । राजस्व संकलनमा पनि सुधार देखिएको बताए । उनले लक्ष्य अनुसार राजस्व संकलन हुन नसके पनि वृद्धिदर १० प्रतिशत रहेको बताए ।

उनले अर्थतन्त्रमा सुधार देखिए पनि चुनौतीमुक्त भने नभइसकेको बताए ।

समस्याग्रस्त सेयर मार्केट्स एन्ड फाइनान्स संचालन समिति गठन गर्दै राष्ट्र बैंक, माग्यो संयोजक Read Previous

समस्याग्रस्त सेयर मार्केट्स एन्ड फाइनान्स संचालन समिति गठन गर्दै राष्ट्र बैंक, माग्यो संयोजक

सरकारले दिने अनुदान र सुविधाको दोहोरोपन हटाउने घाेषणा Read Next

सरकारले दिने अनुदान र सुविधाको दोहोरोपन हटाउने घाेषणा