१४ किलो सुन तस्करी प्रकरणमा प्लाटिनम कलेज सञ्चालक पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा एक कलेज सञ्चालक पक्राउ परेका छन् । काठमाडौँको डिल्लीबजारस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष रहेका पर्वत फुलबारी–२ घर भएका जीवनकुमार गुरुङलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले आज पक्राउ गरेको हो ।

दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धानका क्रममा गुरुङ योजनाकार रहेको पत्ता लागेपछि गुरुङलाई सामाखुसीबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

उनले भने, ‘दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनामा पक्राउ पुर्जी जारी भएपछि गुरुङ फरार थिए । उनी आज पक्राउ परेका छन् ।’गुरुङलाई भन्सार कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको जनाइएको छ ।

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आइपीओ जारी गर्ने Read Previous

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आइपीओ जारी गर्ने

विलबिजक शङ्कास्पद देखिएपछि ७० लाखको लत्ताकपडा सहित ट्रक नियन्त्रणमा Read Next

विलबिजक शङ्कास्पद देखिएपछि ७० लाखको लत्ताकपडा सहित ट्रक नियन्त्रणमा