काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।
आइपीओ प्रस्ताव पारित गर्न कम्पनीले चैत ५ गते, प्रथम वार्षिक साधरण सभा बोलाएको हो । कम्पनीको सभा शुभ होटल प्रालि, चाइना पुल, वीरेन्द्रनगर, सुर्खेतमा हुनेछ।
यस्तै, कम्पनीले सभामा आइपीओ प्रस्तावसँगै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालन समितिलाई अख्तियारी दिने, सञ्चालक समितिको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि लैजाने भएको छ ।
जीवन लघु बीमा व्यवसाय गर्न इजाजत पाएको कम्पनी गत वर्षदेखि संचालनमा आएको हो ।