बढ्दो बजारमा माइक्रोफाइनान्स र बीमाको सेयरमा झुम्मिए लगानीकर्ता

काठमाडौं । पछिल्लो समय लगातार ओरालो लागेको सेयर बजारमा यो साता सुधार देखिएको छ ।

 

साताको पहिलो दुई दिन झिनो गिरावट देखिए पनि पछिल्ला तीन दिनमा करिब साढे २० अंकले बढेको छ । आज सूचक करिब ८ अंकले बढेको छ भने कारोबार करिब ६ करोडले बढेको छ ।

 

पछिल्ला तीन दिन लगातार बजार बढेपछि लगानीकर्ता उत्साहित भएका छन् । बढ्दो बजारमा लगानीकर्ता माइक्रोफाइनान्स र बीमा कम्पनीहरुको सेयरमा झुम्मिएका छन् ।

 

सेयर बजार मापक सूचक नेप्से ७.४५ अंकले बढेर ११३१.९२ विन्दुमा पुगेको छ । आज १६८ कम्पनीको ३५ करोड ८८ लाख ३९ हजार ६८० रुपैयाँ बराबरको कारोबार भएको छ ।१० लाख ९५ हजार १८८ कित्ता सेयर किन बेच भएका छन् ।समग्र बजार पूँजीकरण १५ अर्ब ३७ करोड रुपैयाँ रहेको छ

 

कारोबार भएका १२ वटा समूहमध्येमा उत्पादनमूलक समूह बाहेक अरु सबै समूहको सूचक उकालो लागेका छन् । आज उत्पादनमूलक समूहको सूचक १५.१४ अंकले घटेको छ भने जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै १५३.२१ अंकले बढेको छ ।

 

कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्सको सेयर शीर्ष स्थानमा रह्यो । यसको ३ करोड ५१ लाख ३१ हजार ८०१ रुपैयाँको कारोबार भएको छ ।

 

आज कारोबार भएका अधिकांश कम्पनीहरुको सेयर मूल्य बढेको छ । समिट लघुवित्त वित्तको सेयर मूल्य सबैभन्दा धेरै ७.७८ प्रतिशतले बढेको छ भने दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ७.०१ प्रतिशतले घटेको छ ।

हरेक तहको सरकारलाई कर तिर्नु पर्ने अवस्थाको अन्त्य गर्नु मेरो प्राथमिकताः शेखर गोल्छाको अन्तर्वार्ता Read Previous

हरेक तहको सरकारलाई कर तिर्नु पर्ने अवस्थाको अन्त्य गर्नु मेरो प्राथमिकताः शेखर गोल्छाको अन्तर्वार्ता

भ्रमण वर्षलाई सफल बनाउन दुई दिने कार्यशाला Read Next

भ्रमण वर्षलाई सफल बनाउन दुई दिने कार्यशाला