ग्लोबल आइएमई बैंकको नयाँ शाखारहित बैंकिङ सेवा पाँचथरको डेरी बजारमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं. १२, डेरी बजारमा नयाँ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

यससँगै बैंकको शाखा रहित बैंकिङ सेवाहरुको संख्या २७५ पुगेको छ । शाखा रहित बैंकिङ सेवाको उद्घाटन फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपाने, वडा नं. १२ का अध्यक्ष कमलप्रसाद चापागाईं तथा बैंकका सहायक महाप्रबन्धक दिलिप पोखरेलले संयुक्त रुपमा गरे ।

शाखा रहित बैंकिङ सेवाबाट ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधि मार्फत विभिन्न बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी लगायतका सेवा लिन सक्नेछन् ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५५ शाखा कार्यालय, ३७८ एटीएम, २७५ शाखा रहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र रहेका छन ।

‘सबैका लागि बैंक’ भन्ने नाराका साथ बैंकले ४६ लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

३ वटै अन्तर्राष्ट्रिय विमानस्थल पीपीपी मोडलमा सञ्चालन गरिने,  सुझाव लिन समिति गठन Read Previous

३ वटै अन्तर्राष्ट्रिय विमानस्थल पीपीपी मोडलमा सञ्चालन गरिने,  सुझाव लिन समिति गठन

अर्थमन्त्रीलाई राजस्वकाे चिन्ता, यस्ता छन् उनले देखेका अर्थतन्त्रका चुनौती Read Next

अर्थमन्त्रीलाई राजस्वकाे चिन्ता, यस्ता छन् उनले देखेका अर्थतन्त्रका चुनौती