मौलाकालिका केबलकार दिउँसो २ बजेसम्म मात्रै संचालन हुने, यस्तो छ कारण

काठमाडौं । मौलाकालिकका केबल कार अब दिउँसो २ बजेसम्म मात्रै संचालन हुने भएको छ । नियमित मर्मत सम्भारका लागि आज (फागुन ८ गते)देखि १६ गतेसम्म बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म मात्रै संचालन हुने भएको हो ।

मौलाकालिका केबल कार प्रालिका अनुसार आइतबारदेखि शुक्रबारसम्म दिउँसो २ बजेसम्म संचालन हुनेछ । शनिबार भने पूर्ववत् समय अर्थात् बिहान ५ः३० बजेदेखि साँझ ६ बजेसम्म नै संचालन हुनेछ ।

मर्मतसम्भारपछि भने पुनः दिनभर संचालन हुने कम्पनीले जनाएको छ । आइएमई ग्रुपले डेढ अर्ब लगानीमा निर्माण गरेको यो केबलकार गत वैशाखदेखि संचालनमा आएको थियो ।

यो केबलकार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका वडा नं. १ देखि मौलाकालिका मन्दिरसम्म पुग्छ । केबलकारले एकतर्फी लम्बाइ १ हजार २०० मिटर लामो छ । यसका लागि ६ टावर निर्माण भएका छन् । केबलकार १२ यात्रुबाहक र २ सामान बोक्ने गरी १४ डब्बा राखिएका छन् ।

एउटा डब्बामा एक पटकमा आठ जना यात्रु अटाउने क्षमता छ । हरेक डब्बा एक स्टेशनबाट अर्को स्टेशन पुग्न ५ मिनेट लाग्ने कम्पनीले जनाएको छ ।

अब नेपालीले भारतीय सिमकार्ड पाउने, भारतभित्र मात्रै फोन गर्न मिल्ने Read Previous

अब नेपालीले भारतीय सिमकार्ड पाउने, भारतभित्र मात्रै फोन गर्न मिल्ने

चीनबाट ल्याएको सवा ७ लाख बाेरा मल १० महिनादेखि भन्सारकै गोदाममा थन्कियो Read Next

चीनबाट ल्याएको सवा ७ लाख बाेरा मल १० महिनादेखि भन्सारकै गोदाममा थन्कियो