सुर्खेत । गत आर्थिक वर्ष २०७९/८० मा कर्णाली प्रदेशका १० वटै जिल्लामा गरी ५ हजार ८५२ उद्योग तथा वाणिज्य फर्म दर्ता भएका छन् । ३ हजार ८४० उद्योग र २ हजार १२ वाणिज्य फर्म दर्ता भएका थिए । गत आवमा ५३८ वाणिज्य फर्म र २४४ उद्योग फर्म खारेज भएका थिए ।
प्रदेश सरकारको तथ्याङ्कानुसार गत आवमा सुर्खेतमा सबैभन्दा बढी उद्योग तथा वाणिज्य फर्म दर्ता भएका छन् । सुर्खेतमा उद्योगतर्फ ८६१ तथा वाणिज्यतर्फ ९१० फर्म दर्ता भएका उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रशासकीय अधिकृत थिरबहादुर श्रेष्ठले जानकारी दिए ।
यस्तै जुम्लामा ५९३ उद्योग र १७१ वाणिज्य फर्म दर्ता भएका छन् । दैलेखमा ५४१ उद्योग र १९४ वाणिज्य फर्म, हुम्लामा २७६ उद्योग र ८२ वाणिज्य फर्म, सल्यानमा २१९ उद्योग र १२७ वाणिज्य फर्म दर्ता भएको अधिकृत श्रेष्ठले बताए।
यसैगरी रुकुम पश्चिममा २२८ उद्योग र १६४ वाणिज्य फर्म, जाजरकोटमा ३५८ उद्योग र १३२ वाणिज्य फर्म, मुगुमा २४२ उद्योग र ४६ वाणिज्य फर्म, कालीकोटमा ३२६ उद्योग र १२० वाणिज्य फर्म तथा डोल्पामा १९६ उद्योग र ६६ वाणिज्य फर्म दर्ता भएका निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।