बेलुन नेपालको भ्यालेनटाइन डे अफर, हट एयर बेलुनमा उड्ने जोडीलाई १४% छुट

काठमाडौं । नेपालमा एक मात्र हट एयर बेलुन सञ्चालन गरिरहेको बेलुन नेपालले भ्यालेन्टाइन डे अफर ल्याएको छ ।

कम्पनीले यस वर्षको भ्यालेन्टाइन डेलाई लक्षित गर्दै विशेष छ्टको अफर ल्याएको हो । कम्पनीका अनुसार भ्यालेन्टाइन डेको अवसर हट एर बेलुनमा उड्ने जोडीले १४ प्रतिशत छुट पाउने छन् ।

कम्पनीका अध्यक्ष बिक्रम बाडेका अनुसार आधा घण्टा उडानको नेपाली पर्यटकले प्रतिव्यक्ति ९ हजार ५०० रुपैयाँ तिर्नुपर्छ । जसमा १४ प्रतिशत छुट पाउँदा ८ हजार १७० रुपैयाँमै हट एयर बेलुनमा उड्न सकिने उनले बताए ।

छुट प्राप्त गर्न २ जनाको लागि बुकिङ गर्नु पर्नेछ । यो अफर फेब्रुअरी १४ देखि २० तारिखसम्म मात्रै लागू हुने कम्पनीले जनाएको छ ।

कम्पनीले हाल पोखरालाई केन्द्र बनाउँदै हट बेलुन उडान सेवा सञ्चालन गरिरहेको छ । हट एयर बेलुन ९ हजार फिटको उचाइसम्म उडान गर्न पाइन्छ । बेलुन आकारमा देखिने यसको ‘इनेभेलप’भित्र पङ्खाले हावा भरिन्छ । बेलुन आकारमा आइसकेपछि ग्यासबाट आगो बालेर उक्त हावालाई तताइन्छ । तातो हावाले बेलुनको उचाइ लिन्छ र हावाको गति नियन्त्रण गर्दै पाइलटले उडान गर्छन् ।

२१ मिटर अग्लो बेलुनको तल्लो भागमा ३२ वर्ग मिटरको बास्केट जडित छ । बास्केटमा ८ जनाले एकैपटक यात्रा गर्न सक्दछन् । सुर्योदय मन पर्नेले बिहानको उडान रोज्न सक्छन् भने सूर्यास्त मन पराउनेले साँझको । दिउँसोको समयमा हावाको गति बढी हुने भएकाले बिहान र साँझतिरको समय हट एयर बेलुनका लागि उपयुक्त मानिन्छ ।

उचाइमा उडान हुने भएकाले पन्जा र टोपीसहित न्यानो कपडा लगाउनु राम्रो हुन्छ । हिल भएको जुत्ताचप्पल भन्दा स्पोर्ट्स जुत्ता लगाउनु उत्तम हुन्छ । टाढा देखिएका दृश्य नजिकै हेर्न मन लागे दूरबिन लैजान सकिन्छ ।

क्यामेरारमोबाइलबाट फोटो खिच्दा तल नझरोस् भनेर सावधानी अपनाउनुपर्छ । सीमित उडान हुने भएकाले पहिले नै बुकिङ गरेर जाँदा राम्रो हुन्छ ।

नीतिगत सुधारपछि लयमा फर्कियो घरजग्गा कारोबार, माघमा ८ महिना यताकै धेरै किनबेच Read Previous

नीतिगत सुधारपछि लयमा फर्कियो घरजग्गा कारोबार, माघमा ८ महिना यताकै धेरै किनबेच

घरजग्गामा सहकारीको लगानी बन्द गर्न रास्वपाको माग, प्रधानमन्त्रीले भने-'सक्रिय रूपमा लाग्छु' Read Next

घरजग्गामा सहकारीको लगानी बन्द गर्न रास्वपाको माग, प्रधानमन्त्रीले भने-'सक्रिय रूपमा लाग्छु'