सोल्टी होटलको नाफा बढ्यो, जगेडा कोषमा डेढ अर्ब संचित

काठमाडौं । सोल्टी होटल लिमिटेडको खुद नाफामा सामान्य सुधार आएको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आव २०८०/८० को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ४.६४ प्रतिशतले बढेको छ ।

चालु आवको पुस मसान्तसम्म कम्पनीले २६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा १ करोड १७ लाख रुपैयाँ धेरै हो । गत वर्ष सोही अवधिमा सोल्टीले २५ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

पछिल्लो समय पर्यटकीय गतिविधिमा सुधार आएसँगै कम्पनीको आम्दानी बढ्दा नाफा बढेको हो ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ९.४४ प्रतिशतले बढेर १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । यस्तै, कम्पनीको संचालन नाफा ३.८२ प्रतिशतले बढेर ३१ करोड ७९ लाख रुपैयाँ पुगेको छ ।

हाल ८८ करोड ४७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ तथा जगेडा कोषमा १ अर्ब ४८ करोड रुपैयाँ संचित छ ।

नाफा बढे पनि कम्पनीको प्रतिसेयर आम्दानीमा भने झिनो गिरावट आएको छ । समीक्षा अवधिमा सोल्टीको प्रतिसेयर आम्दानी २ पैसा घटेर ५.९५ रुपैयाँमा झरेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ २६.७८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ८०.३६ गुणा छ ।

हिमालयन रि-इन्स्योरेन्सको लाभांश घोषणा, ८० प्रतिशत हकप्रद पनि ल्याउने Read Previous

हिमालयन रि-इन्स्योरेन्सको लाभांश घोषणा, ८० प्रतिशत हकप्रद पनि ल्याउने

हराएका २५२ मोटरसाइकल सम्बन्धित धनीलाई फिर्ता, हराएमा यी नम्बरमा सम्पर्क गर्न अनुरोध Read Next

हराएका २५२ मोटरसाइकल सम्बन्धित धनीलाई फिर्ता, हराएमा यी नम्बरमा सम्पर्क गर्न अनुरोध