हाथवे इन्भेष्टमेन्ट साढे ५९ लाख घाटामा, संचालन आम्दानी ४८ प्रतिशत घट्यो

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड नोक्सानीमा गएको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रोे त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार ५९ लाख ४२ हजार रुपैयाँ घाटामा रहेको छ ।

जबकि गत वर्ष सोही अवधिमा कम्पनी १ करोड १० लाख रुपैयाँ नाफामा थियो । कुल आम्दानी र संचालन आम्दानी घट्दा कम्पनी नोक्सानीमा गएको हो ।

समीक्षा अवधिमा कम्पनीको संचालन आम्दानी ४८.३५ प्रतिशतले घटेर ३ करोड ४५ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष पुससम्म कम्पनीको संचालन आम्दानी ६ करोड ४९ लाख रुपैयाँ थियो ।

यस अवधिमा कम्प्नीको कुल खर्च १५.०५ प्रतिशतले बढेर ३ करोड ९९ लाख रुपैयाँ पुगेको छ ।

हाल १ अर्ब १७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ७८ करोड १६ लाख रुपैयाँ संचिति छ ।

घाटामा गएसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि ऋणात्मक भएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १.०८ रुपैयाँबाट घटेर ०.५१ रुपैयाँ ऋणात्मक भएको छ । यस अवधि कम्पनीको प्रतिसेयर नेटवर्थ ८३.४ रुपैयाँ छ ।

यी ८ कम्पनीको सेयर किन्दा अझै पाइन्छ लाभांश, कुनको कति ? Read Previous

यी ८ कम्पनीको सेयर किन्दा अझै पाइन्छ लाभांश, कुनको कति ?

खनिज पदार्थ उत्खननका लागि १५६ खानीले पाए अनुमति Read Next

खनिज पदार्थ उत्खननका लागि १५६ खानीले पाए अनुमति